Surakshya Rastriya Dainik
मंगलबार, २८ जुलाई २०२६
ट्रेण्डिङ

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

मुगुको सोरु गाउँपालिका–६ निवासी शाहीले नेकपाका १४ र नेकपा एमालेका १० प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

प्रदेश प्रमुखको कार्यालयका अनुसार शाहीको दाबी संविधानअनुसार देखिएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।

नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनीयताको शपथ ग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

शाहीको नियुक्तिसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। अब मन्त्रिपरिषद् विस्तार र सरकारका आगामी प्राथमिकताबारे चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech