Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

ललितपुर । जग्गाको बकसपत्र गराइदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका तीन जना नायब सुब्बा (नासु) र दुई जना लेखापढी व्यवसायी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास, राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाल रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले आपसी मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने कार्यमा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिँदै घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

सोही सूचनाका आधारमा आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले साउन १५ गते ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट पाँचै जनालाई घुससहित नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पक्राउ परेकाहरूको साथबाट घुसबापत लिएको तीन लाख रुपैयाँ नगद बरामद गरिएको छ। साथै, स्रोत नखुलेको थप २४ हजार ८९० रुपैयाँ समेत फेला परेको आयोगले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech