Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

झापा । झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट १०२.३१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा वडा नं. ७ तकियाटोल निवासी २८ वर्षीय महमद एहवाल र सोही जिल्लाको कुरसाकट्टा वडा नं. ८ छिप्टिया टोल निवासी २७ वर्षीय अझर अन्सारी रहेका छन्।

प्रहरीले एस फुल सेकुवा कर्नरमा रहेका दुवै जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथमा रहेको रातो रङको प्लास्टिकको बोराभित्रबाट १०२.३१० ग्राम (एक सय दुई ग्राम तीन सय दश मिलिग्राम) खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।

त्यसैगरी, उनीहरूको साथबाट ७,२०० वटा TRAMADOL क्याप्सुल, ७,४५० वटा NITZASCEN ट्याब्लेट तथा दुई थान एन्ड्रोइड मोबाइल फोन पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech