बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ बाट ३८ ग्राम ७६० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।


पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र सोही स्थानकी २४ वर्षीया अनिता वर्मा रहेका छन्।
प्रहरीले बरामद खैरो हेरोइनसहित दुवै जनालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।






