Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके । लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले ५२६ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ सुर्जी गाउँ निवासी ३० वर्षीय सुशील भण्डारी र नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ५५ वर्षीय अरुण कुमार जायसवाल रहेका छन्।

ब्यूरोका अनुसार २०८३ साउन १८ गते बिहान ११:३० बजे विशेष सुराकीका आधारमा नेपालगञ्ज उपमहानगरपालिका–४ न्यूरोड नजिक सुशील भण्डारीलाई पक्राउ गरिएको थियो। कानुनबमोजिम शरीर खानतलासी गर्दा उनले लगाएको ट्राउजरको दाहिने खल्तीबाट शुद्ध तौल ४२ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद भएको थियो।

प्रारम्भिक सोधपुछका क्रममा उक्त लागू औषध अरुण कुमार जायसवालले दिएको बताएका आधारमा प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो। उनको साथबाट शुद्ध तौल ९४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन, एक थान डिजिटल तराजु र एक थान मोबाइल बरामद गरिएको ब्यूरोले जनाएको छ।

त्यसपछि प्रहरीले जायसवालको डेरा कोठामा खानतलासी गर्दा दराजभित्र लुकाइराखिएको अवस्थामा थप ३८९ ग्राम ४५० मिलिग्राम खैरो हेरोइन फेला पारेको थियो। यससँगै दुवै जनाबाट बरामद खैरो हेरोइनको कुल परिमाण ५२६ ग्राम २९० मिलिग्राम पुगेको हो।

खानतलासीका क्रममा नेपाली नगद १ लाख ८० हजार रुपैयाँ र भारतीय रुपैयाँ २ लाख १ हजार ४०० समेत बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागू औषध, नगद तथा अन्य सामग्रीसहित दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech