Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

नेपालगञ्ज । रोटरी क्लब अफ सेन्ट्रल बाँकेको आयोजना तथा जनता नमुना माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको सहकार्यमा जनता नमुना मावि खजुरामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुजाता खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका ४८० बिरुवा रोपिएको थियो। कार्यक्रममा विद्यालयका प्राचार्य महेन्द्र खत्री, पूर्व विद्यार्थी समाजका अध्यक्ष झबिलाल शर्मा, उपाध्यक्ष इ. विवेक लामिछाने, रोटरी क्लब अफ सेन्ट्रल बाँकेका अध्यक्ष रो. ईश्वरी जंग मल्ल, वरिष्ठ पत्रकार झलक गैरे, सल्लाहकार भुवन गैरे, अभिभावक संघका अध्यक्ष शैलेन्द्र खत्री, हरित अभियन्ता हेमन्तराज काफ्ले, नेपालगञ्ज म्याराथनका अध्यक्ष टी.एस. ठकुरी, नेपालगञ्ज भन्सार एजेन्ट संघका सचिव प्रेम चौलागाईं, धनौली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टेकबहादुर थारू, परियोजना संयोजक रो. सरोज रेग्मी, सदस्य रो. चक्र गिरी तथा शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसहित करिब ५० जनाको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक सरोज रेग्मीका अनुसार रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीको वार्षिक लक्ष्यअनुसार ‘वृक्षारोपण सप्ताह २०२६’ (जुलाई २६ देखि अगस्ट १ सम्म) को अवसरमा नेपाल–भुटानभर १ लाख बिरुवा रोप्ने लक्ष्य राखिएको छ। हालसम्म रोटरी क्लब अफ सेन्ट्रल बाँकेले ४,९९० बिरुवा रोपिसकेको र करिब १६५ क्लबमध्ये उत्कृष्ट स्थान हासिल गरेको जानकारी पनि उहाँले दिनुभयो।

कार्यक्रमकै अवसरमा जनता मावि पूर्व विद्यार्थी समाजसँगको सहकार्यमा रोटरी कम्युनिटी कर्पस (आरसीसी) गठन गर्ने निर्णय गरिएको छ। रोटरी क्लब अफ सेन्ट्रल बाँकेको अभिभावकत्वमा गठन हुने उक्त समूहले रोटरीका सामाजिक गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, विद्यालयमा रोटरी इन्टरनेशनलको युवा लक्षित इन्ट्रयाक्ट क्लब गठन गर्ने निर्णयसमेत गरिएको र क्लबका अध्यक्ष रो. ईश्वरी जंग मल्लले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै नेपालगञ्ज म्याराथनका अध्यक्ष टी.एस. ठकुरीले विद्यालयका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको अवसरसँग जोड्न रोटरी क्लब र विद्यालयसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो।

त्यसैगरी, हरित अभियन्ता हेमन्तराज काफ्लेले विद्यालयको हरित अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मेरो टुकी प्रज्ञालयका गुठीयार तथा मनोपरामर्श विज्ञ भोजराज नादिरले वर्तमान सामाजिक परिवेशमा विद्यार्थीका लागि पाठ्यक्रमसँगै मनोवैज्ञानिक शिक्षा पनि अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै विद्यालयलाई आवश्यक परे निःशुल्क मनोपरामर्श सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech