Surakshya Rastriya Dainik
बिहीबार, १३ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेकाले सरकारको आयु लामो नहुने टिप्पणी गरे।

महासचिव चन्दले परिवर्तनका पक्षधर तथा प्रगतिशील शक्तिहरूले वर्तमान राजनीतिक अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै जनताले आफूलाई ठूलो धोका भएको महसुस गरिरहेको बताए।

उनले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा क्रमशः कमजोर बन्दै गएको दाबी गर्दै राजनीतिक वृत्तमा दशैँ–तिहार अगावै सरकार परिवर्तन हुन सक्ने चर्चा चलिरहेको बताए।

‘राजनीतिक वृत्त, बुद्धिजीवी र कूटनीतिज्ञहरूबीच यो सरकारको दिनगन्ती सुरु भएको चर्चा भइरहेको छ। कतिपयले त दशैँ–तिहार अगावै सरकार परिवर्तन हुनेसम्मको अड्कलबाजी गरिरहेका छन्। यो कति यथार्थ हो भन्ने कुरा आगामी दिनले स्पष्ट पार्नेछ, तर सरकारप्रति जनमानसको असन्तुष्टि भने बढ्दो छ,’ चन्दले भने।

देशको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उनले विदेशी ऋणको भार, उत्पादनमा आएको गिरावट, सुकुम्बासी समस्या, मिटरब्याज तथा लघुवित्त पीडितका समस्याप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए। ती समस्या तत्काल समाधान नगरे नयाँ आन्दोलन सुरु गर्ने चेतावनी समेत उनले दिए।

महासचिव चन्दले मुलुकको आन्तरिक राजनीतिक अवस्थासँगै अन्तर्राष्ट्रिय शक्ति सन्तुलन पनि चुनौतीपूर्ण बन्दै गएको बताए। अन्तर्राष्ट्रिय शक्तिका गतिविधि नेपाली जनताको अपेक्षा र राष्ट्रिय हितअनुकूल हुन नसकेको उनको भनाइ थियो।

कम्युनिस्ट पार्टीहरूबीचको एकता र सहकार्यबारे बोल्दै उनले परम्परागत रूपमा पार्टी फुटाउने वा थप्ने प्रवृत्तिले राजनीतिक निकास नदिने धारणा व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech