Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत इन्जिनियरिङ उपसमूह (सञ्चार) का तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी)को बिहीबारको निर्णयअनुसार उनीहरूलाई विभिन्न प्रदेश प्रहरी कार्यालय तथा इकाइमा नयाँ जिम्मेवारी दिइएको हो।

सरुवा सूचीअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखा, दाङमा कार्यरत ई. विशाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागअन्तर्गत सञ्चार निर्देशनालय, नक्साल, काठमाडौंमा सरुवा गरिएको छ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखा, विराटनगरमा कार्यरत सत्यनारायण जयसवाललाई बागमती प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखा, हेटौँडामा खटाइएको नेपाल प्रहरीले जनाएको छ।

यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालय, सञ्चार शाखा, सुर्खेतमा कार्यरत जोतनारायण राय यादवलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथस्थित सञ्चार शाखामा सरुवा गरिएको छ।

नेपाल प्रहरीका अनुसार संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत उक्त सरुवा गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech