Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कैलाली । नेपाली सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनपुरका एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता निवासी ३५ वर्षीय हरिश चन्द्र रहेका छन्।
प्रहरीका अनुसार चन्द्रले नेपाली सेनामा भर्ती गराइदिने आश्वासन दिँदै विभिन्न व्यक्तिबाट दुई लाख ४० हजार रुपैयाँ असुली गरी ठगी गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनलाई चिसापानी क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका चन्द्रविरुद्ध ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीमाथि थप अनुसन्धानका लागि कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको छ।
प्रहरीले रोजगारी वा सरकारी सेवामा भर्ती गराइदिने भन्दै रकम माग्ने व्यक्तिहरूको प्रलोभनमा नपर्न तथा यस्ता गतिविधिबारे तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech