Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाचार लेखेको वा प्रकाशित गरेको आधारमा पत्रकारलाई पक्राउ गर्नु पूर्ण रूपमा गैरकानुनी तथा प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताएका छन्।

बुधबार जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले श्रेष्ठको गिरफ्तारीप्रति कडा आपत्ति जनाएका हुन्।

पोखरेलले श्रेष्ठको गिरफ्तारीलाई ‘गैरन्यायिक र प्रतिशोधपूर्ण’ भन्दै विरोध गरेका छन्। समाचारको स्रोत वा विषयवस्तुप्रति असहमति भए त्यसलाई कानुनी प्रक्रियामार्फत समाधान गर्ने पर्याप्त विकल्प हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु उचित नभएको उनको भनाइ छ।

उनका अनुसार प्रकाशित समाचारप्रति असहमति भए खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ। तर, पत्रकारले समाचार लेखेको वा प्रकाशित गरेको विषयलाई नै आधार बनाएर पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुने पोखरेलले बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कहिलेकाहीँ समाचारका स्रोत वा विषयवस्तुमा असहमति हुन सक्छ, त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहन्छ। तर, समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु पूर्ण रूपमा गैरकानुनी र प्रेस स्वतन्त्रताविरोधी कदम हो।’

उनले पक्राउ परेका पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न समेत माग गरेका छन्।

पत्रकार श्रेष्ठ बुधबार साँझ ललितपुरबाट पक्राउ परेका थिए। उनको पक्राउको विषयलाई लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा बहससमेत सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech