रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट १ हजार ५ सय एम्पुल लागूऔषधजन्य इन्जेक्सन बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको बीओपी मझगावाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा २०८३ साल साउन २७ गते कोटहीमाई गाउँपालिका–३ स्थित पर्सिया क्षेत्रबाट उक्त इन्जेक्सन बरामद गरेको हो।


सशस्त्र प्रहरीका अनुसार बरामद हुनेमा बुप्रेनोर्फिन इन्जेक्सन ५०० एम्पुल, डाइजापाम इन्जेक्सन ५०० एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन ५०० एम्पुल रहेका छन्।
बरामद लागूऔषधजन्य इन्जेक्सन आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





