Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डीनगरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४ लाख ७५ हजार रुपैयाँ नगदसहित मोबाइल र तास बरामद गरेको जनाएको छ।

लुम्बिनी प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले शनिबार दिउँसो विनोद रावतको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो। छापा मार्ने क्रममा प्रहरीले ४ लाख ७५ हजार रुपैयाँ नगद, २४ थान मोबाइल र ३ गड्डी तास बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–३ का प्रभुनाथ पासी, सुद्धोधन गाउँपालिका–१ का सुरेन्दर मन्लाह, कपिलवस्तु कृष्णनगर नगरपालिका–३ का विनोद एला, रुपन्देही सुद्धोधन गाउँपालिका–४ का सागर काफ्ले र अशोककुमार घिमिरे रहेका छन्।

त्यस्तै, रुपन्देही सुद्धोधन गाउँपालिका–१ का रामेश्वर थारु, गैडहवा गाउँपालिका–३ का अब्दुल रहिम, सुद्धोधन गाउँपालिका–१ का रामू सहानी, कपिलवस्तु नगरपालिका–७ का लवकुश गिरी र कृष्णनगर नगरपालिका–३ का लक्ष्मीप्रसाद जैसवाल पनि पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्यमा रुपन्देही गैडहवा गाउँपालिका–३ का श्रीराम यादव, गैडहवा गाउँपालिका–८ का जगन्नाथ लोध, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का अस्लम मुसलमान तथा दाङ लमही नगरपालिका–५ का राजु भन्ने हेमराज ज्ञवाली र विमल डाँगी रहेका छन्।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले स्थान परिवर्तन गर्दै जुवा खेल्ने गरेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech