Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीशसँग प्रहरीले आफूलाई मानसिक यातना दिन खोजेको भन्दै गुनासो गरेका छन् । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलासमै उभिएर आफ्नो भनाइ राखेका पत्रकार श्रेष्ठले न्यायाधीशसामु यस्तो गुनासो गरेका हुन् ।
आफूलाई पूर्वाग्रह साँध्न झूटो मुद्दा लगाइएको बताएउँदै उनले हिरासतमा लागूऔषध प्रयोगकर्ताहरुसँगै राखेर आफूलाई मानसिक यातना दिन खोजिएको उनको गुनासो थियो ।श्रेष्ठले इजलासमा भने–‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागूऔषधका अभियुक्तहरूसँगै राखिएको छ । ५ दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन ।’

श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ । न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन् ।सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो । सरकारी पक्षबाट ४ जना र श्रेष्ठको तर्फबाट १७ जनाले बहसमा भाग लिए ।पत्रकार श्रेष्ठका वकिलहरूले आफ्नो व्यक्तिगत गोपनीयता उल्लंघन गरिएको भनेर उजुरी हाल्ने महिला स्वयम्‌‌ले नै रास्वपा सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरेको प्रमाण पेश गरेका छन् । आफैँले सामाजिक सञ्जालमा हालेको तस्बिर मिडियाले हाल्दा कसरी गोपनीयताको हनन भयो भन्ने उनीहरूको प्रश्न थियो ।यही प्रश्न न्यायाधीशहरूले सरकारी वकिलहरूलाई गरे । जवाफमा सरकारी वकिलले व्यक्तिले आफ्नो फेसबुक खातामा हालेको भए पनि त्यसलाई मिडियाले प्रकाशित गर्न नमिल्ने तर्क गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech