Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

बाँके । लागू औषध नियन्त्रण ब्यूरोले हवाई फायर गरेर १४ किलो ७६० ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध बिक्री–वितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार मिति २०८३/०५/०१ गते जिल्ला बाँके, कोहलपुर नगरपालिका–६ मा लागू औषध अफिम चोपको कारोबार भइरहेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिन खोजिएको थियो। प्रहरीलाई देखेपछि उनीहरू भाग्न खोजेकाले रोक्न चेतावनीस्वरूप प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो।

त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम चोप बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको छ।

पक्राउ पर्नेमा रुकुम (पूर्वी) सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र बाँकेको कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट अफिम चोपसँगै दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech