Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र आईजीपी दानबहादुर कार्कीलाई बर्खास्त गर्नुपर्ने माग फेरि दोहोर्‍याएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीको सामान खरिद प्रकरणमा मुछिएको भन्दै गृहसचिव श्रेष्ठ र आईजीपी कार्कीलाई बर्खास्त गर्नुपर्ने बताएका हुन्।

उनले म्यादी प्रहरीका लागि लत्ताकपडा तथा जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचारसम्बन्धी उजुरीमाथि तत्काल छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्। छानबिनबाट दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कारबाही गर्नुपर्ने भन्दै उनले त्यसअघि गृहसचिव श्रेष्ठ र आईजीपी कार्कीलाई बर्खास्त गर्नुपर्ने धारणा राखेका छन्।

सुनारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न र जनमतको कदर गर्न सरकारले कठोर कदम चाल्नुपर्ने बताएका छन्।

केही व्यक्तिले गरेको बदमासीको भार सिङ्गो नेपाल प्रहरी संगठनलाई बोकाउन नहुने भन्दै उनले प्रहरी संगठनको मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन्।

‘कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन। हामी दरिलो प्रहरीको पक्षमा छौं,’ सुनारले भनेका छन्।

उनले प्रहरीको आदर्श वाक्य ‘सत्य सेवा सुरक्षणम्’ उल्लेख गर्दै आफ्नो धारणा अन्त्य गरेका छन्।

यसअघि पनि सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आईजीपी कार्कीलाई हटाएर घटनाको छानबिन गर्नुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech