Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले मजदुर, किसान तथा श्रमजीवी जनतामाथि नै हमला गरिरहेको आरोप लगाएका छन्।

मंगलबार नेकपा बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राज्यबाट भइरहेको भनिएको हमलाको सामना गर्ने मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको दाबी गरे।

उनले पहिचान र अधिकारमाथि प्रतिक्रान्तिकारी तथा प्रतिगामी हमला भइरहेको आरोप लगाउँदै मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको बताए।

जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने उनको भनाइ थियो। लाखौँ क्रान्तिकारी नेता तथा कार्यकर्ता रहेको पार्टी नेकपा भएको उल्लेख गर्दै उनले विगतको राजनीतिक संघर्ष र इतिहासलाई बिर्सन नहुनेमा जोड दिए।

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार बनेपछि मुलुकमा बेथिति र भ्रष्टाचार बढेको आरोपसमेत लगाए। सञ्चारमाध्यमको मुख थुन्ने प्रयास भइरहेको दाबी गर्दै उनले त्यसविरुद्ध पार्टीले आवाज उठाउनुपर्ने बताए।

गणतन्त्र र जनताका अधिकारमाथि खतरा उत्पन्न हुनसक्ने भन्दै प्रचण्डले आगामी दिनमा आन्दोलनमा जाने संकेत गरेका छन्। उनले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिए।

‘अब बोल्नुपर्छ, नत्र गणतन्त्रमाथि नै प्रहार हुन सक्छ। हामी छिट्टै आन्दोलनको अपिल गर्छौँ, यसमा सबैको सहयोग चाहिन्छ। तपाईंहरू सबै तयारी अवस्थामा बस्नुहोस्,’ प्रचण्डले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech