Wednesday, October 28, 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सुशासन र विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाउने बताएका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विश्वासको मत माग्दै उनले गरिबीलाई मुख्य चुनौतीका रूपमा लिएर त्यसविरुद्ध केन्द्रित भएर काम गर्नुपर्ने बताए । ‘हाम्रो प्रतिपक्षी भनेको गरिबी हो, त्यो सिद्धान्त अनुरूप हामीले काम गर्नुपर्नेछ,’ उनले भने ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनको गति सुधार गर्न आफूले विशेष प्रयास गर्ने बताए । बजेट कार्यान्वयन प्रभावकारी बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने उनको भनाइ छ ।

उनले कर्णालीको साझा विकासका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । कर्णालीको विकासका लागि सहकार्य र साझा प्रयास आवश्यक रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech