Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिका किशोरीसँग सम्बन्धित अश्लिल सामग्री पोस्ट गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौंँबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–७ घर भएका १९ वर्षीय सुदिप कटुवाल रहेका छन्। उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

साइबर ब्युरेका प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार कटुवालले फेसबुकमार्फत नाबालिका किशोरीसँग साथी बनेर विभिन्न प्रलोभनमा पारेका थिए। त्यसपछि किशोरीसँग सम्बन्धित अश्लिल सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी उनको चरित्र हत्या गर्नुका साथै रकमसमेत माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले कटुवाललाई भदौ ३ गते काठमाडौंँबाट पक्राउ गरेको थियो। पक्राउपछि काठमाडौंँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए।

प्रहरीका अनुसार कटुवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech