Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरी अधिकारी लुम्बिनी प्रदेशको ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरका प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्रबहादुर खत्रीले अधिकारीलाई साउन महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेका हुन्।

प्रदेश प्रहरी कार्यालयका अनुसार संगठनात्मक नीति–निर्देशनअनुसार प्रदान गरिएको व्यावसायिक जिम्मेवारी तथा पदीय दायित्वलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको र नवीन प्रवर्तनात्मक कार्यक्रममार्फत प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धिमा योगदान पुर्‍याएको मूल्यांकनका आधारमा अधिकारीलाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

अधिकारीको नेतृत्वमा प्युठानमा प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन हुनुका साथै अपराध अनुसन्धान तथा नियन्त्रणमा सक्रियता देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। साथै, मातहतका प्रहरी कर्मचारीलाई व्यावसायिक रूपमा परिचालन गर्दै प्रहरी सेवाप्रति जनविश्वास अभिवृद्धिमा समेत अधिकारीले उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ।

डीआईजी खत्रीले अधिकारीलाई प्रदान गरेको प्रशंसापत्रमा संगठनात्मक नीति तथा निर्देशनअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै अपराध अनुसन्धान, नियन्त्रण तथा नवीन कार्यक्रममार्फत समुदायमा प्रहरी संगठनको सकारात्मक छवि निर्माणमा पुर्‍याएको योगदानको कदर गर्दै २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी’ छनोट गरिएको उल्लेख छ।

प्रदेश प्रहरी कार्यालयले अधिकारीको कार्यसम्पादन, नेतृत्व क्षमता, अपराध नियन्त्रणमा सक्रियता तथा मातहत प्रहरी कर्मचारीको प्रभावकारी परिचालनलाई उत्कृष्ट प्रहरी छनोटको मुख्य आधारका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech