Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । विपद्का कारण भएको क्षतिसम्बन्धी गलत तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमार्फत प्रसारण नगर्न नेपाल प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ। विपद्को संवेदनशील अवस्थामा गलत सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै वास्तविक उद्धार तथा राहत कार्यमा समेत बाधा पुग्न सक्ने भन्दै प्रहरीले जिम्मेवार सूचना प्रवाहमा जोड दिएको हो।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अनुरोधमा विपद्सँग सम्बन्धित कुनै पनि सूचना साझा गर्नुअघि त्यसको स्रोत र सत्यता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ। विशेषगरी पछिल्लो समय प्रविधिको प्रयोगबाट तयार हुने कृत्रिम बुद्धिमत्ता (AI) सामग्रीलाई वास्तविक घटनाको दृश्य वा सूचना ठानेर सामाजिक सञ्जालमा फैलाउने प्रवृत्तिप्रति समेत सचेत रहन आग्रह गरिएको छ।
प्रहरीका अनुसार विपद्को समयमा एउटा गलत सूचनाले सर्वसाधारणमा अनावश्यक त्रास र भ्रम सिर्जना गर्न सक्छ। त्यसका साथै वास्तविक उद्धार, राहत तथा खोजी कार्यमा समेत अवरोध पुग्न सक्ने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताले सूचना सम्प्रेषणमा विशेष जिम्मेवारी निर्वाह गर्न आवश्यक छ।
नेपाल प्रहरीले सर्वसाधारणलाई पुष्टि भएका सूचना मात्र शेयर गर्न, AI बाट निर्मित सामग्रीलाई वास्तविक घटनाको रूपमा प्रस्तुत नगर्न तथा कुनै सामग्री शेयर गर्नुअघि त्यसको स्रोत र सत्यता जाँच गर्न अनुरोध गरेको छ।
त्यस्तै, विपद्को अवस्थामा उद्धार वा सहयोगको आवश्यकता देखिएमा सामाजिक सञ्जालमा अपुष्ट सूचना फैलाउनुको सट्टा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा सम्बन्धित आधिकारिक निकायलाई तत्काल जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
विपद्को समयमा सूचना पनि उद्धारको महत्वपूर्ण माध्यम बन्न सक्छ। त्यसैले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, तथ्यमा आधारित सूचना सम्प्रेषण र आधिकारिक निकायसँगको समन्वयले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल प्रहरीको सन्देश स्पष्ट छ— “सही सूचना दिऔँ, भ्रम फैलाउने कार्य नगरौँ।” विपद्को कठिन घडीमा संयमित, जिम्मेवार र सत्यमा आधारित सूचना प्रवाह गर्नु सबै नागरिकको साझा दायित्व हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech