Surakshya Rastriya Dainik
बुधबार, २६ अगस्ट २०२६
ट्रेण्डिङ

 

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि गालीगलौज तथा हातपात गर्ने युवकलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन सफल तीन प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।काठमाडौं महानगरपालिका–१० स्थित बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा आकाशे पुलमुनि ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गर्ने जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिन सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार गत भदौ ९ गते बिहान करिब ९ः३० बजे आकाशे पुलबाट बाटो काट्न सर्वसाधारणलाई सम्झाइबुझाइ गरिरहेका प्रहरीको निर्देशन अटेर गर्दै कठायतले ड्युटीमा खटिएका प्रहरीमाथि गालीगलौज तथा हातपात गरेका थिए ।घटनापछि प्रहरी कर्मचारीहरूले उनलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको दायरामा ल्याएका थिए।उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्दै प्रहरी संगठनको छवि उच्च राख्ने कार्य गरेको भन्दै एआईजी सुशील सिंह राठौरले प्रहरी सहायक हवल्दार भरत कुमार राना, प्रहरी सहायक हवल्दार मधु कुमार यादव र प्रहरी जवान अबिना स्याबा परियारलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech