Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८, रातोपुल नजिकै सञ्चालित सफिक मासु पसलबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका तथा मासु पसल सञ्चालक २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका–७, सिफल बस्ने १८ वर्षीय अरुण कार्की र मकवानपुरको हेटौँडा महानगरपालिका–३ घर भई हाल रातोपुल बस्दै आएका २१ वर्षीय सुजन रसाइली रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले बाख्राको मासुलाई खसीको मासु भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री गर्ने गरेको पाइएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी टोलीले मासु पसलमा छापा मारेको थियो । छापा मार्ने क्रममा पसलको भित्री सटरमा बाख्रा काटेर मासु तयार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरीले पसलको पछाडि काट्ने तयारी अवस्थामा राखिएको एउटा जिउँदो बाख्रा समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनालाई हाल प्रहरी वृत्त गौशालामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech