Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा पटक–पटक बढुवा भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाई स्कुल एण्ड इण्टरमीडिएट एजुकेशन, यु.पी.बाट जारी भएको भनिएको हाईस्कुल परीक्षाको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा तत्कालीन समयमा सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए।

उक्त प्रमाणपत्रकै आधारमा उनले पटक–पटक बढुवा तथा पदोन्नति प्राप्त गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। केसी २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको आयोगको भनाइ छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश, बढुवा तथा पदोन्नति हासिल गर्दै हैसियत, लाभ र सुविधा प्राप्त गरेको देखिएको भन्दै आयोगले केसीको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर भएको दाबी गरेको छ।

आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद तथा जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त आरोपपत्र बुधबार विशेष अदालत, काठमाडौंमा दायर गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech