Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

सल्यान । सल्यान प्रहरीले गोप्य रूपमा सञ्चालन भइरहेको जुवाखालमा छापा मारेर चार जनालाई पक्राउ गरेको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१, गैरी बजारस्थित ४० वर्षीय प्रेमबहादुर पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पुनसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलीले मंगलबार राति घरमा छापा मार्दा जुवाखालबाट ६२ हजार ९ सय ६० रुपैयाँ नगद र २ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले जुवातासलगायत गैरकानुनी गतिविधि नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech