Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

रुकुम पूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार भूमे गाउँपालिका–१, गरबाङ बस्ने ६७ वर्षीया कृष्णा घर्तीको आफ्नै घरको कोठामा घाँटीमा निलो रङको पटुकाले कसिएको अवस्थामा शव फेला परेको थियो। घटनाबारे अनुसन्धान गर्ने क्रममा भूमे गाउँपालिका–२, लुगुम बस्ने ३२ वर्षीय अर्जुन घर्तीमगरको संलग्नता खुलेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर्तीमगरले कृष्णा घर्तीलाई पटुकाले घाँटीमा कसी कर्तव्य गरी हत्या गर्नुका साथै मृतकले कानमा लगाएको सुनको बाली एक जोरसमेत लुटेर फरार भएका थिए।
फरार प्रतिवादीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरी सहायक हवल्दार घनश्याम रोका सहितको चार सदस्यीय प्रहरी अनुसन्धान टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा २०८३/०५/१९ गते बिहान १०ः१५ बजे पोखरा महानगरपालिका–८ बाट घर्तीमगरलाई पक्राउ गरेको हो।
प्रहरीले उनलाई लुकिछिपी बसेको अवस्थामा मृतकले लगाउने गरेको सुनजस्तो देखिने पहेँलो पदार्थको बाली एक जोर सहित पक्राउ गरेको जनाएको छ। पक्राउ परेका घर्तीमगरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागले जनाएको छ।
प्रहरीले कानुन कार्यान्वयनमा कुनै सम्झौता नगर्ने तथा अपराधमा संलग्न व्यक्तिलाई कानुनको कठघरामा ल्याउने प्रतिबद्धता दोहोर्याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech