Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर । रसुवा जिल्लाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कोहलपुरस्थित वागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारीले ४ लाख ८ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

नेपाल सरकारले विपद् प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि गरेको निर्णयअनुसार क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको तलबबाट ३ प्रतिशतदेखि १० प्रतिशतसम्म रकम कट्टी गरी उक्त रकम सहयोग गरिएको हो।

क्याम्पस प्रमुख दानबहादुर हमालका अनुसार प्राध्यापक तथा कर्मचारीबाट संकलित ४ लाख ८ हजार रुपैयाँ मध्यपश्चिम विश्वविद्यालयमार्फत नेपाल सरकारको राहत कोषमा जम्मा गरिएको छ।

क्याम्पसका प्राध्यापक तथा कर्मचारीले विपद्को समयमा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सरकारको निर्णयअनुसार प्राध्यापक तथा कर्मचारीको तलबबाट रकम कट्टी गरी विश्वविद्यालयमार्फत सहयोग गरिएको बताए।

उहाँहरुका अनुसार क्याम्पस प्रमुख हमालसँगको कुराकानीका क्रममा वागेश्वरी बहुमुखी क्याम्पसबाट ४ लाख ८ हजार रुपैयाँ सहयोग गरिएको जानकारी प्राप्त भएको हो।

यसअघि मध्यपश्चिम विश्वविद्यालयले समेत नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा ५४ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गरेको जानकारी सार्वजनिक गरेको थियो।

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि राज्यले सञ्चालन गरेको अभियानमा शैक्षिक संस्थाका प्राध्यापक तथा कर्मचारीको आर्थिक सहभागिताले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech