Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । ललितपुरको हात्तीवनमा ट्याटु हाउस सञ्चालनको आवरणमा लागूऔषध कारोबार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ललितपुर महानगरपालिका–१५, हात्तीवनस्थित एक ट्याटु हाउसमा छापा मारेर तीन जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट २ हजार ७० क्याप्सुल ट्रामाडोल र ३.८०० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २५ गते उक्त ट्याटु हाउसमा छापा मारेको थियो।
पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले लागूऔषध कारोबारमा थप एक जना संलग्न रहेको खुलेपछि उनलाई काठमाडौं महानगरपालिका–२६, मित्रनगरबाट ८ हजार ३४० क्याप्सुल ट्रामाडोलसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–५ का २९ वर्षीय जनार्जन घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुरगढी गाउँपालिका–२ का ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ३१ वर्षीय राजु तामाङ रहेका छन्।
के–के बरामद भयो?
लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेकाहरूको साथबाट कुल १० हजार ४१० क्याप्सुल ट्रामाडोल र ३.८०० ग्राम खैरो हेरोइन बरामद भएको छ।
त्यस्तै, लागूऔषध तौल गर्न प्रयोग गरिएको एक थान डिजिटल तराजु र चार थान मोबाइल फोन समेत प्रहरीले बरामद गरेको जनाएको छ।
ब्यूरोका अनुसार पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार बरामद ३.८०० ग्राम खैरो हेरोइन सम्बन्धी कसुरमा ५ देखि १० वर्षसम्म कैद तथा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।
त्यस्तै, १० हजार ४१० क्याप्सुल ट्रामाडोल सम्बन्धी कसुरमा २ देखि १० वर्षसम्म कैद तथा १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech