Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर। “पर्यावरण संरक्षण गरौँ, दिगो भविष्य निर्माण गरौँ” भन्ने मूल नाराका साथ बाँकेको कोहलपुरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

पर्यावरण संरक्षण अभियानअन्तर्गत शनिबार बिहान ७ बजेदेखि कोहलपुर नगरपालिका–११ स्थित साझा चोक पश्चिम क्षेत्रमा सरसफाइ गरिएको हो।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर नगरपालिका वडा नं. ११, इलाका प्रहरी कार्यालय कोहलपुर र कोहलपुर नगर प्रहरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँके, लायन्स क्लब अफ कोहलपुर, बेटर बाँके, थारुगाउँ टोल विकास संस्था (कोहलपुर–११) तथा भियानेट (Vianet) लगायतका संस्थाहरूले सहआयोजक तथा सहयोगीका रूपमा सहभागिता जनाएका थिए।

सरसफाइ कार्यक्रममा स्थानीय बासिन्दा, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमले सार्वजनिक क्षेत्रको सरसफाइसँगै वातावरण संरक्षण र स्वच्छताका विषयमा स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।

सरसफाइ अभियानमार्फत सार्वजनिक स्थानलाई स्वच्छ राख्ने, वातावरण संरक्षण गर्ने तथा स्थानीय समुदायलाई नियमित सरसफाइमा सहभागी गराउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech