Surakshya Rastriya Dainik
सोमबार, १४ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । पत्रकारिताको मूल धर्म सत्य, तथ्य र जनहितमा आधारित सूचना सम्प्रेषण गर्नु हो। कुनै व्यक्ति, संस्था वा निकायप्रति व्यक्तिगत रिस, पूर्वाग्रह वा प्रतिशोधका आधारमा समाचार प्रकाशित गर्नु पत्रकारिताको मर्मविपरीत मानिन्छ।
समाचार लेख्दा पत्रकारले प्राप्त सूचनाको विश्वसनीयता, स्रोतको पुष्टि र विषयसँग सम्बन्धित पक्षको धारणा समेट्नुपर्ने हुन्छ। आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्ने, एकपक्षीय सूचना प्रकाशन गर्ने वा व्यक्तिगत विवादलाई समाचारको आवरण दिने प्रवृत्तिले सञ्चारमाध्यमप्रतिको जनविश्वास कमजोर बनाउन सक्छ।
पत्रकारले व्यक्ति वा संस्थाको कमजोरी, अनियमितता वा गलत कार्य उजागर गर्न नहुने होइन। तर त्यस्तो विषय उठाउँदा प्रमाण, तथ्य, दस्तावेज, विश्वसनीय स्रोत र सम्बन्धित पक्षको प्रतिक्रिया समेटिनु व्यावसायिक पत्रकारिताको आधार हो।
पछिल्लो समय विशेषगरी सुरक्षा निकायका प्रमुख तथा सम्बद्ध निकायसँग जोडिएका कतिपय समाचार अपुष्ट, एकपक्षीय र अपारदर्शी ढंगले सम्प्रेषण हुने गरेको गुनासो बढेको छ। प्रमाणभन्दा आरोपलाई प्राथमिकता दिने र सम्बन्धित पक्षको धारणा नसमेट्ने समाचारले पाठकलाई समेत विश्वस्त पार्न नसक्ने अवस्था सिर्जना भएको देखिन्छ।
सुरक्षा निकायजस्तो संवेदनशील क्षेत्रसँग सम्बन्धित समाचारमा अझ बढी तथ्यपरकता, स्रोतको विश्वसनीयता र जिम्मेवार प्रस्तुति आवश्यक हुन्छ। किनकि यस्ता समाचारले सम्बन्धित व्यक्तिको प्रतिष्ठामात्र होइन, सुरक्षा संस्थाप्रतिको जनधारणा र समग्र सार्वजनिक विश्वासमा समेत प्रभाव पार्न सक्छ।
प्रतिशोधका कारण समाचार लेखिएको हो कि जनहितका लागि तथ्य सार्वजनिक गरिएको हो भन्ने कुरा समाचारमा प्रस्तुत प्रमाण, स्रोत, सन्तुलन र सम्बन्धित पक्षको प्रतिक्रियाले स्पष्ट पार्छ। त्यसैले पत्रकारिता कसैलाई खुसी पार्ने वा कसैसँग बदला लिने माध्यम होइन; सत्यको खोजी र समाजप्रतिको जवाफदेहिताको माध्यम हो।
पुष्टियुक्त समाचारले पत्रकारिताको गरिमा बढाउँछ, तर प्रतिशोध वा पूर्वाग्रहमा आधारित समाचारले पत्रकारिताकै विश्वसनीयतामाथि प्रश्न खडा गर्छ। त्यसैले आजको पत्रकारिताको चुनौती एउटै छ, ‘समाचार पहिले कि प्रतिशोध पहिले?’ पत्रकारिता को मर्म र आचारसंहितामा अनुसार यसको उत्तर स्पष्ट हुनुपर्छ : पहिले तथ्य, त्यसपछि समाचार।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech