कोहलपुर, बाँके — इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त पहलमा कोहलपुर क्षेत्रमा लापसे चेकिङ अभियान तीव्र पारिएको छ।
अभियानको क्रममा सेवा लिँदै गरेका ४ जना व्यक्तिहरूलाई लागु पदार्थ सेवन गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।




प्रहरीका अनुसार, उनीहरूलाई प्रारम्भिक अनुसन्धानपछि ट्राफिक ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।
ईलाका कार्यालय कोहलपुर का प्रमुख डिएसपी लक्ष्मी खनालले नियम विपरीत गाडी चलाउने र ट्राफिक निर्देश नमान्नेहरूमाथि कडाइका साथ कारबाही हुने स्पष्ट पार्नुभएको हो ।
“नियम उल्लंघन गर्ने जो–कोही भए पनि कानुनको दायरामा ल्याएर आवश्यक कारबाही गरिन्छ। यसरी नै नागरिकमा ट्राफिक नियम पालनाको चेतना फैलाउने हाम्रो उद्देश्य हो।” उहाँले बताउनु भएको छ ।
प्रहरीका अनुसार चेकिङ अभियान अझ व्यापक बनाउँदै दैनिक रूपमा सञ्चालन गरिनेछ।





