Surakshya Rastriya Dainik
सोमबार, २४ अगस्ट २०२६
ट्रेण्डिङ

कोहलपुर ; बाँकेको कोहलपुर नगरपालिका स्थित प्रस्तावित बाल अस्पताल परिसर भित्र शनिबार विरिक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाको आयोजना र रोटरी क्लब अफ सेन्ट्रल बाँके साथै रोट्र्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज कोहलपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।

कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष हरि सिंह कठायतको प्रमुख आथित्यतामा भएको कार्यक्रममा रोटरी क्लब अफ सेन्ट्रल बाँकेका प्रेसिडेन्ट गंगाराम चौलागाईं ,क्लबका बर्ष २२/२३ का प्रेसिडेन्ट किशोर कृष्ण भण्डारी ,बर्ष २३/२४ का प्रेसिडेन्ट विश्वराम भण्डारी, कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापा ,रोट्र्याक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेज कोहलपुरका भाइस प्रेसिडेन्ट भावना मसराज को विशेष आथित्यता साथै क्लबका सम्पुर्ण पदाधिकारीहरु स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरु सथानिय बासिन्दाहरुको उल्लेखनीय उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष कठायतले कोहलपुर नगरपालिकाको हरित नगर बनाउने सपना सकार गर्न सबैको सहयोगले सार्थकता पाउने भन्दै सहकार्य गर्ने सम्पुर्ण संघ संथाहरु लाई धन्यवाद ब्यक्त गर्नु भएको थियो त्यस्तै विशिस्ट अतिथि रोटरी क्लब अफ सेन्ट्रल बाँकेका बर्ष २०२५/२६ का प्रेसिडेन्ट गंगाराम चौलागाईंले आफुहरुले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र स्थानिय सरकारले सहकार्य गरेको खण्डमा आगामी दिनहरुमा पनि सहकार्य गरि थप कार्यहरू गर्न सकिने भन्दै उपस्थित सम्पुर्ण ब्यक्त्तित्वलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो।

पछिल्लो समय वातावरण प्रदुषण बढ्दै गइरहेको वेला यस्ता खालका विरिक्षा रोपण कार्यले मानव जिवनका लागि सकारात्मक र प्रभावकारि कार्यहुने भन्दै आयोजक र उपस्थित सम्पुर्ण लाइ स्थानियहरुले धन्यवाद सहित आभार ब्यक्त गरेको थिय ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech