ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । सरकारी कार्यालय र बैंकका छाप नक्कली बनाई कागजात तयार पार्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विशेष सूचनाका आधारमा झापाको धरमपुर घर भई काठमाडौं–१० मा बस्दै आएका ५२ वर्षीय सफराज खड्कालाई पक्राउ गरेको हो। खड्का महाराजगञ्ज क्षेत्रमा सञ्चालनमा रहेको आफ्नै पसलमा दुई वर्षदेखि नक्कली कागजात बनाउँदै आएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

उनले विभिन्न शैक्षिक संस्था, मालपोत, नापी, नगरपालिका, वडा, प्रहरी, कर कार्यालय, जिल्ला अदालत तथा राजनीतिक दलहरूको नाममा नक्कली छाप, लेटरहेड, स्टाम्प र बैंकिङ कारोबारसम्बन्धी विवरणहरू तयार पार्ने काम गर्दै आएका थिए।

प्रहरीले खड्काको कोठाबाट त्रिभुवन विश्वविद्यालय, सिटिइभिटी, उच्च माध्यमिक शिक्षा बोर्ड (एचएसइबी) र राष्ट्रिय परीक्षा बोर्ड (इनइबी) का नक्कली होलोग्रामहरू, विभिन्न सरकारी तथा शैक्षिक संस्थाका प्रमाणपत्रहरू, बैंक तथा वित्तीय संस्थाका स्टेटमेन्ट र छापहरू बरामद गरेको जनाएको छ। त्यस्तै, प्रिन्टर, कम्प्युटर, स्क्यानर, रबर स्ट्याम्प बनाउने मेसिन र एक थान मोबाइल समेत बरामद गरिएको छ।

खड्काले कागजातहरूको यथार्थता झल्किने गरी अत्यन्त मिल्दोजुल्दो नक्कली सामग्री बनाउने गरेका थिए। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech