ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ७ जना डीआईजीको सरुवा तथा हालै बढुवा भएका ७ जना डीआईजीहरूको पदस्थापन गरिएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार डीआईजी दीपक अधिकारीलाई सशस्त्र प्रहरी बल नम्बर–५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयमा सरुवा गरिएको छ। त्यसैगरी डीआईजी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्यूरो, कृष्ण ढकाललाई प्रधान कार्यालयस्थित कार्य विभाग तथा सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ।
यस्तै, डीआईजी दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग, विष्णुप्रसाद भट्टलाई नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय तथा कृष्णराज पाठकलाई नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतमा सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, वैशाख २५ गते बढुवा भएका ७ जना डीआईजीहरूको समेत पदस्थापन गरिएको छ। पदस्थापनअनुसार दिग्विजय सुवेदीलाई नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय, किरण बस्नेतलाई नम्बर–३ गढीमाई बाहिनी मुख्यालय, माधवप्रसाद पौडेललाई नम्बर–९ पशुपतिनाथ बाहिनी मुख्यालय तथा प्रविण कँडेललाई नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा जिम्मेवारी दिइएको छ।
त्यसैगरी राजेश उप्रेतीलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र नेत्रबहादुर कार्कीलाई आईजी सचिवालयमा पदस्थापन गरिएको छ।
प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले सशस्त्र प्रहरी बलका ७ जना डीआईजीको सरुवा तथा बढुवा भएका ७ जना डीआईजीहरूको पदस्थापन गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech