ट्रेण्डिङ

बुटवल । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहहरूले विद्यालयमा बिदा दिन तथा वैकल्पिक रूपमा बिहानको समयमा कक्षा सञ्चालन गर्न थालेका छन्।
रूपन्देहीको तिलोत्तमा नगरपालिका ले २५ देखि २९ जेठसम्म वार्षिक बिदाबाट मिलान हुने गरी सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ। नगरपालिकाका शिक्षा शाखा अधिकृत धनीप्रसाद शर्माका अनुसार अत्यधिक गर्मीलाई मध्यनजर गर्दै एक साताका लागि विद्यालय बन्द गरिएको हो।
त्यस्तै बुटवल उपमहानगरपालिका ले १५ देखि ३१ जेठसम्म बर्खे बिदा दिएको जनाएको छ। उपमहानगरका अनुसार १ असारदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछन्।
यता कपिलवस्तुको वाणगंगा नगरपालिका ले वार्षिक शैक्षिक क्यालेन्डरअनुसार २५ देखि २७ जेठसम्म विद्यालयमा बिदा दिएको शिक्षा शाखा प्रमुख रोशन घिमिरेले जानकारी दिए।
त्यसैगरी कपिलवस्तु नगरपालिका ले पनि अत्यधिक गर्मीका कारण नगरभित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा घोषणा गरेको छ। नगर कार्यपालिकाको शुक्रबारको निर्णयअनुसार २५ देखि २७ जेठसम्म वर्षे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार उच्च तापक्रमका कारण नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ भएको तथा विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढेकाले बिदा दिनुपरेको हो।
उता शिवराज नगरपालिका ले भने विद्यालय बन्द नगरी बिहानको समयमा मात्र कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले दिउँसोको चर्को गर्मीका कारण बिहानको समयमा कक्षा सञ्चालन गर्ने निर्णय गरिएको बताए।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ६ जिल्ला तराई क्षेत्रमा पर्नेछन्। पछिल्ला केही दिनयता रूपन्देही, कपिलवस्तु, दाङलगायत जिल्लामा तापक्रम लगातार बढ्दै गएपछि स्थानीय तहहरूले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक निर्णयहरू गर्न थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech