ट्रेण्डिङ

सुनसरी  । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२ उदयपुरका ३२ वर्षीय प्रहरी जवान रन्दीप पौडेल रहेका छन्। उनी प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी एकापसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते पौडेलको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका–८ निवासी ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech