Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कार्यसम्पादन मूल्यांकनमा देशभरकै उत्कृष्ट प्रहरी कार्यालय बनेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले गरेको अर्धवार्षिक तथा ९ महिने कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रथम स्थान हासिल गर्न सफल भएको हो।
डीआईजी ओम बहादुर राना को नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले अर्धवार्षिक कार्यप्रगति मूल्यांकनमा ८०.२१ प्रतिशत अंक प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो। त्यस्तै, ९ महिने मूल्यांकनमा ८५.११ प्रतिशत अंकसहित देशभर प्रथम स्थान कायम राख्न सफल भएको जनाएको छ।
कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गरेसँगै डीआईजी राना यसअघि पनि पुरस्कृत भइसकेका छन्। सुदूरपश्चिममा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले चैत २ गते नगद पुरस्कारसहित सम्मान गरेका थिए।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा संगठनात्मक सुधारका क्षेत्रमा हासिल गरेको उपलब्धिका कारण यो सफलता प्राप्त भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech