ट्रेण्डिङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको कारबाहीमा परेका छन्।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत प्राप्त जनगुनासोका आधारमा साम्पाङले ट्राफिक नियम पालना नगरी मोटरसाइकल चलाएको विषयमा अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गरिएको जनाएको छ।
प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, “सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ।”
प्रहरीले घटनाबारे विस्तृत विवरण सार्वजनिक नगरे पनि ट्राफिक नियम उल्लंघन गर्ने जोसुकै व्यक्तिमाथि कानुनबमोजिम कारबाही हुने स्पष्ट गरेको छ। साथै सम्पूर्ण चालक, सहचालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सामाजिक सञ्जालमा देखावटी वा जोखिमपूर्ण शैलीमा सवारी सञ्चालन नगर्न चेतावनी दिएको छ।
केही दिनअघि साम्पाङले मोटरसाइकल चलाउँदै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गरेका थिए। एक हातले मोटरसाइकलको ह्यान्डल र अर्को हातमा मोबाइल फोन समातेर लाइभ प्रसारण गरिरहेको भिडियो सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको थियो।
उक्त क्रममा सन्तुलन गुमाउँदा साम्पाङ दुर्घटनामा परेका थिए। दुर्घटनामा उनी सामान्य घाइते भएका थिए।
प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै सवारी सञ्चालनका क्रममा मोबाइल फोन प्रयोग नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech