ट्रेण्डिङ

काठमाडौं । हिरासतमा रहेका एक व्यक्तिको मृत्यु भएको घटनामा तत्कालीन इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनाल विरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।
गत भदौमा ज्यान मार्ने मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका वीरेन्द्रबहादुर सिंह को प्रहरी हिरासतमा रहेका बेला मृत्यु भएको थियो। कालीकोटका ३८ वर्षीय सिंह पक्राउ परेको तीन दिनपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको थियो।
सिंहका परिवारले हिरासतमा यातना दिइएका कारण मृत्यु भएको आरोप लगाउँदै निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका थिए। घटनापछि सन्तोष राठौर को नेतृत्वमा गठित चार सदस्यीय समितिले घटनाबारे छानबिन गरेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार छानबिनका क्रममा प्रहरीको लापरबाही तथा कमजोरी देखिएको निष्कर्ष निकालिएको छ। सोही आधारमा तत्कालीन डीएसपी खनालसहित हिरासत व्यवस्थापनमा खटिएका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरिएको बताइएको छ।
प्रहरी स्रोतका एक अधिकारीका अनुसार हिरासतमा राखिएको व्यक्तिको मृत्यु हुनु गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी सम्बन्धित प्रहरी नेतृत्वले लिनुपर्ने हुन्छ। छानबिनबाट प्रहरीको कमजोरी पुष्टि भएपछि कारबाहीको सिफारिस गरिएको उनले बताए।
छानबिन प्रतिवेदन लुम्बिनी प्रदेश प्रहरीले प्रहरी प्रधान कार्यालयमा पठाइसकेको छ। प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयको कानुन शाखाले डीएसपी खनालमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।
सिंहको मृत्यु प्रकरण सार्वजनिक भएपछि विवादमा परेकी डीएसपी खनाललाई गत असोजमै कोहलपुरबाट हटाइएको थियो। त्यसपछि उनको सरुवा काठमाडौंस्थित अपराध अनुसन्धान विद्यालय, प्रशिक्षण व्यवस्थापन शाखा, महाराजगञ्जमा गरिएको थियो।
घटनाबारे थप अनुसन्धान तथा विभागीय प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech