ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर तथा चेक अनादरसम्बन्धी १४ वटा मुद्दामा फरार रहेका प्रतिवादी राजु मिजारलाई काठमाडौंबाट पक्राउ गरेको छ।
सीआईबीका अनुसार काठमाडौं साविक विष्णु गाविस–४ निवासी तथा हाल बूढानीलकण्ठ नगरपालिका–५ बस्दै आएका ४७ वर्षीय मिजारलाई विशेष प्रहरी टोलीले जेठ २५ गते काठमाडौं महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार मिजारविरुद्ध बैंकिङ कसूरका १२ वटा र चेक अनादरका २ वटा गरी कुल १४ वटा मुद्दामा काठमाडौं जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भइसकेको थियो। अदालतले उनलाई दोषी ठहर गर्दै बिगो, जरिवाना, क्षतिपूर्ति तथा कैद सजाय तोकेको थियो।
फैसलाअनुसार मिजारबाट असुल हुन बाँकी बिगो रकम २ करोड ५८ लाख ६२ हजार ७१६ रुपैयाँ रहेको छ। यस्तै, ४३ लाख २३ हजार ५३४ रुपैयाँ ८० पैसा जरिवाना तथा १ लाख ७२ हजार १४१ रुपैयाँ ७९ पैसा क्षतिपूर्ति रकम समेत असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
अदालतले मिजारलाई ९० दिन कैद सजाय पनि सुनाएको थियो। पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइसकिएको सीआईबीले जनाएको छ।
सीआईबीका सहप्रवक्ता तथा प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का ले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय बैंकिङ ठगी, चेक अनादर तथा अन्य आर्थिक अपराधमा संलग्न फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्र बनाइएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech