ट्रेण्डिङ

कोहलपुर । बाँकेको कोहलपुरबाट एक किलोभन्दा बढी अफिमसहित पक्राउ परेका २९ वर्षीय विशाल थापामगर काठमाडौंस्थित केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका कैदी रहेको खुलासा भएको छ।
प्रहरीका अनुसार बैजनाथ गाउँपालिका–३ नौवस्ताका विशाल लागूऔषध खैरो हेरोइन मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका थिए। उनीविरुद्ध २०८१ वैशाख २३ गते काठमाडौंमा लागूऔषध मुद्दा दर्ता भएको थियो भने अदालतले उक्त मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो।
सजाय भुक्तानका क्रममा सुन्धारा कारागारमा रहेका विशाल गत भदौ २४ गते जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका थिए। हाल कोहलपुरमा पक्राउ परेपछि अनुसन्धानका क्रममा उनी फरार कैदीसमेत रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले मंगलबार राति करिब १० बजे कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालय क्षेत्रबाट विशालसँगै सोही स्थानका ४८ वर्षीय गगनबहादुर परियारलाई एक किलोभन्दा बढी अफिमसहित पक्राउ गरेको थियो।
प्रहरीले विशालको आपराधिक पृष्ठभूमि तथा लागूऔषध कारोबारसँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech