ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको बढुवा समितिले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि ३६३ जना प्रहरी जवानलाई सिफारिस गरेको छ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) बमोजिम शुक्रबार बसेको बढुवा समितिको बैठकले विभिन्न प्राविधिक उपसमूहमा कार्यरत प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवाका लागि योग्य ठहर गर्दै सिफारिस सूची सार्वजनिक गरेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार उम्मेदवारहरूको कार्यसम्पादन क्षमता, शैक्षिक योग्यता, तालिम तथा प्राप्त कुल अंकका आधारमा योग्यताक्रम निर्धारण गरिएको छ। सोही मूल्यांकनका आधारमा अन्तिम सिफारिस सूची तयार गरिएको जनाइएको छ।
प्रकाशित सिफारिस सूचीप्रति चित्त नबुझेका उम्मेदवारहरूले प्रचलित कानुनी व्यवस्था अनुसार सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष निवेदन दिन सक्ने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बढुवा सिफारिससँगै प्राविधिक समूहका प्रहरी कर्मचारीहरूको वृत्ति विकास र संगठनको कार्यक्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।https://www.facebook.com/100067575970682/posts/1318307683765085/?app=fbl

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech