ट्रेण्डिङ

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) नेत्रबहादुर कार्कीलाई प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी विष्णुप्रसाद भट्ट सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा सरुवा भएपछि उक्त पद रिक्त रहेको थियो।
रिक्त रहेको जिम्मेवारीमा डीआईजी कार्कीलाई नियुक्त गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। नियुक्तिसँगै कार्कीले संगठनको आधिकारिक सूचना सम्प्रेषण, सञ्चार समन्वय तथा सार्वजनिक जानकारी व्यवस्थापनसम्बन्धी कार्यको नेतृत्व गर्नेछन्।
सशस्त्र प्रहरी बलका अनुसार प्रवक्ता तथा सूचना अधिकारीको रूपमा कार्कीले संगठनका गतिविधि, निर्णय तथा सार्वजनिक सरोकारका विषयमा आधिकारिक जानकारी प्रवाह गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech