ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं। वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने सुर्खेतका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका–१ बस्ने सिन्धुपाल्चोकका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका–१५ बस्ने जाजरकोटकी ३४ वर्षीया कबिता सिंह तथा काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने धादिङका २५ वर्षीय बिशु राई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार सुनिल पौडेलले पोल्याण्ड पठाइदिने भन्दै तीन जनाबाट २४ लाख १७ हजार रुपैयाँ असुलेका थिए। त्यस्तै, अनुप भण्डारीले कुक आइसल्याण्ड पठाइदिने भन्दै एक जनाबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिता सिंहले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३ लाख ७२ हजार रुपैयाँ तथा बिशु राईले क्रोएसिया पठाइदिने भन्दै चार जनाबाट ३ लाख ५० हजार रुपैयाँ उठाएको आरोप छ।
प्रहरीका अनुसार रकम लिएपछि उनीहरू सम्पर्कविहीन बनेका थिए। पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले चारै जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरू बढ्दै गएकाले विदेश जान चाहनेहरूले सरकारी निकायबाट स्वीकृत म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech