Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुरमा हवाई फायर गरेर ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको छ।
बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ ठूलो परिमाणमा लागुऔषध ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
शनिबार ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा शंकास्पद कारलाई रोक्न खोज्दा चालकले प्रहरीको संकेत बेवास्ता गर्दै तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरेको थियो, जसपछि सवारी रोकिन पुगेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
कारको खानतलासीका क्रममा डिक्कीभित्र लुकाइ राखिएको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सिम्रौनगढ नगरपालिका–३ निवासी ३५ वर्षीय जितेन्द्र पासवान तथा भारत बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दामलाई पक्राउ गरिएको छ।
प्रहरीले बागमती प्रदेश नम्बर बीएडी ९२०१ को रातो कार, बा.५२ प.४५६७ नम्बरको मोटरसाइकल तथा पाँच थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech