नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–११ गोलपार्क क्षेत्रबाट प्रहरीले ब्राउन सुगरसहित एक महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ३३ वर्षीया मन कुमारी खड्कालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८३ जेठ ३० गते गरिएको चेकजाँचका क्रममा उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको थियो।
पक्राउ परेकी खड्काविरुद्ध लागू औषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रहरीले लागू औषध नियन्त्रण तथा ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।







