ट्रेण्डिङ

दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले करिब तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिई कुटपिट गरेको भिडियो मंगलबार बेलुका आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान थालेको थियो। सोही क्रममा मंगलबार राति १०:४० बजे मगरलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउका क्रममा उनको साथबाट लागुऔषधजन्य ट्याब्लेटहरू समेत बरामद गरिएको छ। प्रहरीले Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट फेला पारेको जनाएको छ।
यसै घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जिबराज खत्रीलाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीले दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech