Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

सप्तरी।एक युवकको इच्छाविपरीत जबर्जस्ती विवाह गराएको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेका छन्। उनीमाथि २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका–१० निवासी नागेन्द्र यादवको मञ्जुरीबिनै सोही वडाकी २२ वर्षीया युवतीसँग जबर्जस्ती विवाह गराएको आरोप लागेको छ।
प्रहरीका अनुसार उक्त विवाह सुरुङ्गा–९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलीयाको प्राङ्गणमा रहेको सरस्वती मन्दिरमा सम्पन्न गराइएको थियो।
घटनापछि नागेन्द्र यादवले आफूलाई कुटपिट गरी इच्छाविपरीत विवाह गराइएको भन्दै मनोजकुमार ठाकुरविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उजुरीपछि फरार रहेका ठाकुरलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरे का अनुसार पक्राउ परेका ठाकुरलाई जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले घटनासम्बन्धी अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech