ट्रेण्डिङ

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति करिब १०:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिरहेका स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।
प्रहरीका अनुसार खानतलासीका क्रममा खाँको साथबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ।
बरामद लागुऔषधसहित खाँलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागुऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech