Surakshya Rastriya Dainik
मंगलबार, २५ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) भित्र कम्युनिष्ट आन्दोलनको पुनर्गठन, नयाँ वैचारिक बहस तथा संगठनात्मक रुपान्तरणका विषयमा व्यापक छलफलको आह्वान गरिएको छ।
पार्टीभित्र जारी बहसमा विप्लव नेतृत्वलाई श्रम गरेर बाँच्ने, जनताको सेवामा निरन्तर समर्पित, निष्कलंक, इमान्दार तथा हालसम्म कुनै सार्वजनिक पद धारण नगरेको नेतृत्वका रूपमा प्रस्तुत गरिएको छ। साथै समाजवादप्रति दृढ प्रतिबद्ध, चुनौतीपूर्ण परिस्थितिको सामना गर्न सक्ने साहसी र अझै पूर्ण रूपमा परीक्षण हुन बाँकी नेतृत्वका रूपमा व्याख्या गरिएको छ।
वैचारिक रूपमा पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवाद तथा एकीकृत जनक्रान्तिको सिद्धान्तलाई मार्गदर्शक विचारका रूपमा अघि सारेको छ। राजनीतिक लक्ष्यका रूपमा नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने प्रतिबद्धता दोहोर्याइएको छ। आर्थिक क्षेत्रमा एकीकृत स्वामित्वको नीतिमा आधारित कृषि उत्पादन, उद्योग तथा व्यवसाय केन्द्रित आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवधारणा प्रस्तुत गरिएको छ।
पार्टीभित्र जारी बहसका क्रममा २०८३ असोजमा संगठनात्मक महाधिवेशन आयोजना गर्ने, लेनिनवादी संगठनात्मक सिद्धान्तलाई थप विकसित गर्दै नयाँ संगठनात्मक सिद्धान्त र नीति निर्माण गर्ने तथा नयाँ कम्युनिस्ट घोषणापत्र तयार गर्ने प्रस्ताव अघि सारिएको छ।
यस्तै नेपाली विशेषताको समाजवादी कार्यक्रम निर्माण, वाम–कम्युनिष्ट आन्दोलनको पुनर्गठन, नयाँ कम्युनिष्ट केन्द्र तथा नयाँ कम्युनिष्ट अन्तर्राष्ट्रिय निर्माणका पहललाई पनि बहसको प्रमुख विषय बनाइएको छ। कार्यदिशा र कार्यनीतिको समीक्षा तथा देशभक्त एवं समाजवादी मोर्चा गठनको प्रस्तावसमेत छलफलमा रहेको जनाइएको छ।
पार्टीनिकट वृत्तले स्वच्छ र रचनात्मक बहसको पक्षमा उभिँदै क्रान्तिकारी आन्दोलनमा आउने संकट र उतारचढावका कारण निराश नहुन कार्यकर्ताहरूलाई आग्रह गरेको छ। साथै आफ्नै श्रम, पसिना र मेहनतले निर्माण गरिएको संगठन, विचार तथा मान्यतालाई कमजोर बनाउने गुटबन्दी, अराजक गतिविधि र निराशावादी प्रवृत्तिबाट सचेत रहनुपर्ने धारणा व्यक्त गरिएको छ।
पार्टीभित्रको बहसले आगामी महाधिवेशन तथा कम्युनिष्ट आन्दोलनको भावी दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech