Wednesday, October 28, 2026

विराटनगर । विराटनगर महानगरपालिका–१ मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा २९ वर्षीय एक युवक पक्राउ परेका छन्। घटनामा एक प्रहरी सहायक निरीक्षक, एक प्रहरी जवान तथा एक सुधारगृहका कर्मचारी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रामेछाप घर भई हाल विराटनगर–१ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा डेरा गरी बस्दै आएका रुबिन कार्कीलाई धारिलो हतियार (चक्कु) सहित नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार कार्कीलाई उनका आफन्तले काठमाडौंस्थित सुधारगृह पठाउने तयारी गरिरहेका थिए। सोही क्रममा उनले कोठाभित्र आत्महत्याको प्रयास गरिरहेको सूचना प्राप्त भएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आफन्तहरूको सहयोगमा कार्कीलाई सम्झाउने प्रयास भइरहेका बेला उनले अचानक प्रहरी र सुधारगृहका कर्मचारीमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
चक्कु प्रहारबाट सीआरभी भृकुटीचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे तथा सुधारगृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन्। तीनै जनाको टाउकोमा सामान्य चोट लागेको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप प्रहरी टोली परिचालन गरी कार्कीलाई घटनास्थलबाटै चक्कुसहित पक्राउ गरिएको थियो।
हाल पक्राउ परेका कार्कीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech